Rule 32
परियोजना समितिको बैठक
(१) परियोजना समितिको बैठक परियोजना समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) बैठकको अध्यक्षता परियोजना समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा परियोजना समितिका सदस्यहरुले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(३) परियोजना समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परियोजना समितिमा कुनै विषयमा छलफल भै मतदान हुँदा उपस्थित सदस्य संख्याको बहुमत सदस्यको मतलाई परियोजना समितिको निर्णय मानिनेछ ।
(५) परियोजना समितिको निर्णय परियोजना समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।(६) परियोजना समितिको बैठक सम्बन्धी अन्य कार्यविधि परियोजना समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।